सेञ्चुरी बैंकको नाफा बढयो |
काठमाडौं । सेञ्चुरी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेकोे छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७१ प्रतिशतले धेरै हो।
सञ्चालन आम्दानीसँगै नेट फि कमिसन आम्दानीमा वृद्धि हुँदा बैंकको नाफा बढ्न सहयोग पुगेको देखिन्छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २२ करोड २ लाख खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकले ६७ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो प्रतिशतले बढी हो। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ११.७१ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड ९० लाख रुपैयाँमा सिमित रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ११.७१ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.४९ प्रतिशतले बढेको छ भने कर्जा ७.७१ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६ पैसा कायम छ। यस बैंकको मूल्य आम्दानी अनुपात १९.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ९५ पैसा रहेको छ। बैंकको निष्कृय कर्जा अनुपात १.८८ प्रतिशत रहेको छ।


