सानिमा बैंक अब कपिलबस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा |
काठमाडौं । सानिमा बैंक लिमिटेडले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको बोडेमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ ।
जीतपुर कार्यालयको समुद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरे । समुद्घाटन् समारोहमा बोल्दै प्रदेश सभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
यसैगरी मध्यबानेश्वर कार्यालयको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार के.सी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले संयुक्त रुपमा गरे । साथै बोडे कार्यालयको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालज्यूद्वारा ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


