केएल टावरको ‘टीभीएस रमाइलो दसैँ तिहार योजना’ हरेक हप्ता उपहारै उपहार |
काठमाडौं । केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।
केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ ।
१ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सीजी ब्रान्डका होम अप्लाइन्सेज, टीभी, फ्रिज, रेफ्रिजेरेटर, वासिङ मेशिन, आइरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।
बम्पर प्राइजमा एक जनालाई टीभीएस अपाचे आरटीआर १६० २भी वितरण गरिने उपहार योजनाका संयोजक हीरामणि तिमिल्सिनाले बताए । चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए । असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए ।


