डिभाईन वाईनले नेपाली बजारमा ल्यायाे नयाँ वाईन |
काठमाडौं । श्री महाकाली वाईन्स प्राइभेट लिमिटेडले डिभाईन वाईन ब्राण्डको "डिभाईन वाईन प्रिमियम" नामबाट नयाँ वाईन नेपाली बजारमा ल्याएको छ । गुणस्तरयुक्त अंगुरको प्रयोग गरी उक्त वाईन सुंगधित तथा स्वादिष्ट बनाइएको कम्पनीले जनाएको छ ।
डिभाईन वाईन अत्याधुनिक प्रविधिको प्रयाेग गरी अन्तरराष्ट्रिय स्तरको स्वाद तथा गुणस्तर दिनकालागि स्वदेशमा उत्पादन गरिएको हो ।
वाईन प्रेमीहरुकालागि मात्र नभएर देशको अर्थतन्त्रमा सहयोग गर्नकालागि पनि यो वाईन लक्षित रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी गरेको विज्ञप्तीमा स्वदेशी उत्पादन बढाउने मात्र नभएर डिभाईन वाईनको निर्यात बढाउने पनि लक्ष्य रहेको बताइएको छ ।


