स्ट्यान्डर्ड चाटर्ड बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश |
काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।


