डिशहोमको रिचार्जमा आकर्षक छुट |
काठमाडौं । चाडवाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएका छन् । यो योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ ।
यो योजनासँगै ग्राहकहरुले अव मासिक ८९९ मा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जि ड्युल व्यान्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् ।
हरेक नयाँ कलेक्सनमा ग्राहकहरुले २ हजारको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सकिने छ । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।


