एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त |
काठमाडौं । एनएमबि बैंकले लोकप्रिय नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।
बैंकले शाहसँग द्विपक्षीय समझदारी गरेको छ । शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछन् । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकको छ ।
एनएमबि बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गरे ।


