प्रदीप र अशोकले पाए आइएमईबाट पठाइएको रकमको दोब्बर रकम |
काठमाडौं । आइएमईले दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । जसमा प्रदीप सापकोटा र अशोक कुमार यादवले ‘लक्की ड्र’ मार्फत पठाइएको रकमको दोब्बर रकम हासिल गर्न सफल भएका छन् ।
विजेताहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।
अफर अनुसार आइएमईले विजेताहरूको सिफारिसमा आफन्तलाई ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्ने जनाएको छ ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहि असोज १ देखि कार्तिक २६ सम्म संचालन हुनेछ ।


