अब प्यारासुट नेचुरल स्याम्पू नेपालमा, यस्ता छन् विशेषता |
काठमाडौं । हालको अन्तर्राष्ट्रिय प्रचलन अनुसार व्यक्तिगत हेरचाहको उत्पादनको बिक्री सोही समुहका नियमित उत्पादनहरुको तुलनामा दोब्बर वृद्धि भएको छ । कोभिड १९ को विस्तार भएसंगैं उपभोक्ताहरुले केश स्याहार, मुखको स्याहार र शिशु स्याहार जस्ता प्राकृतिक गुण भएका उत्पादनहरुको रुची, सचेतना र माग बढेको छ ।
उपभोक्ताहरुको यो परिवर्तित अभिरुचीलाई मध्यनजर राखेर मेरिकोले “प्यारासुट नेचुरल स्याम्पू” बजारमा उपलब्ध गराएको छ । जसमा सबै प्रकारका केशहरुको लागि उपयुक्त प्राकृतिक तत्वहरु भरपूर छन् । प्यारासुट नेचुरल स्याम्पू पारबेन रहित, चर्मगत रुपमा परीक्षण गरिएको र भेगान मैत्री छ । यसको सम्पूर्ण ३४० मिलि उत्पादनहरु ३०० रुपैयाँको सर्वसुलभ मुल्यमा उपलब्ध छ ।
प्यारासुट नेचुरल स्याम्पूको सबै प्रकारमा नरिवलको दूध प्रोटिनको गुण विद्यमान छ । जसले कपाललाई जरैदेखि पोषण दिन्छ र कपाललाई बलियो बनाउंछ, साथसाथै सबै उत्पादनहरुमा विशेष प्राकृतिक तत्व पनि छ । नोरिसिङ केयरमा एलोभेराको गुण छ । जसले कपाललाई सिल्की बनाउन मद्दत गर्छ । एन्टी हेयरफल उत्पादनमा हिनाको गुण छ जसले कपाललाई घना बाक्लो बनाउन मद्दत गर्छ र ड्यामेज रिपेयर उत्पादनमा हिबिस्कसको गुण रहेको छ । जसले कपाललाई मुलायम बनाउँछ ।
प्यारासुट शत् प्रतिशत शुद्ध नरीवल तेलको कारण “शुद्धता प्रतिको प्रतिबद्धताको” लागि देशभरी प्रख्यात छ । स्याम्पू समुहमा यसको प्रवेशसंगैं प्यारासुट नेचुरलले ग्राहकहरुलाई आफ्नो कपाललाई बलियो, मुलायम, र सुन्दर बनाउनका लागि “केमिकल्सलाई भनौं नो, नेचुरललाई भनौं एस” भनी आव्हान गरेको छ ।


