सुन र चाँदी दुबैको भाउ बढ्यो |
काठमाडौं । आइतबार सुन र चाँदीको भाउ सामान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महाँसँघले आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको छ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन ९० हजार ४०० रुपैयाँमा खरिद बिक्र्री भएको थियो।
यसैगरी आइतबार चाँदीको भाउ समेत तोलामा ३५ रुपैयाँले बढेर १२३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।


