लक्ष्मी बैंकको १३५औं शाखा सुनसरीको चिमडीमा |
सुनसरी । सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने लक्षसहित लक्ष्मी बैंकले सुनसरीको चिमडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १३५ औैँ शाखा सुनसरीको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा सञ्चालनमा ल्याएको हो । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटीएम, २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने बताएको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई शाखामार्फत पुरा गर्ने पनि बैंकले जनाएको छ ।


