स्थानिय तहसँगको समन्वयमा विद्यालय संचालन गर्न सकिने |
काठमाडौं । अब स्थानिय तहसँग समन्वय गरी विद्यालय संचालन गर्न पाइने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यस्तो निणर्य गरेका हुन् ।
नयाँ व्यवस्था अनुसार सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निणर्य गर्न सक्ने छन् ।
प्रशासन कार्यालयहरुले यसअघि विभिन्न पटक म्याद थप गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए । बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरि कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निणर्य गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायमै राखे पनि त्यसका केही प्रवाधानहरुमा भने फेरबदल गरेको छ । पछिल्लो समय कोरोना संक्रमणमा केही कमी आएसँगै प्रशासनले केही छुट दिएको छ ।


