‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ मा सम्राट भट्टराई विजयी, पाए १ लाख नगद पुरस्कार |
काठमाडौं । चौधरी ग्रुपको उत्पादन वाइवाइले विश्व संगीत दिवस २०२१ को अवसर पारेर संचालन गरेको ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगिता’ मा सुनसरी इटहरीका सम्राट भट्टराई विजयी भएका छन् । विजयी भट्टराईलाई वाइवाइले १ लाख नगद पुरस्कार प्रदान गरेको छ ।
नेपाल भरबाट ६२ जनाले रिमिक्स जिंगल बनाएर प्रतियोगितामा सहभागी भएका थिए । जस मध्येबाट उत्कृष्ठ १० को छनौट गरी त्यसबाट एकजना विजयी चयन भएका थिए ।
उत्कृष्ठ १० छनौटमा परेका मध्येबाट सुनसरीका सम्राट भट्टराई विजेता बन्दै १ लाख पुरस्कार प्राप्त गर्दा बाँकी उत्कृष्ठ ९ जना प्रतियोगिहरुलाई वाइवाइले नगद २५/२५ हजार नगद पुरस्कार प्रदान गरेको जनाएको छ ।
वाइवाइले सामाजिक सञ्जालको प्रयोग गर्दै युवा वाद्यवादकहरु, गायकगायिकाहरु र संगीतकारहरुलाई नेपाल भरबाट सहभागिता जनाउन उनीहरूद्वारा रिमिक्स गरिएको जिंगललाई ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ पेजमा प्रेषित गर्न आव्हान गरेको थियो ।
१ महिनासम्म संचालन भएको प्रतियोगिता गएको जुलाई २१ मा समाप्त भएको थियो । संकलित जिंगलहरुबाट गायक जेम्स प्रधान, सञ्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षेत्रीलगायतको निर्णायकको टोलीले उत्कृष्ठ जिंगलको छनौट गरेको थियो । रिमिक्स जिंगलहरुमा ¥यापदेखि पप, रकदेखि स्थानीय शास्त्रीय संगीतसम्मको विविधतायुक्त समायोजन रहेको वाइवाइले जनाएको छ ।


