३,०७५ जना कोरोना संक्रमित थपिए,मृत्यु हुनेको संख्या ३३ |

काठमाडौं । बिहीबार देशभरमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मृत्यु हुने संक्रमितको संख्या ३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा भएको १६ हजार ४३८ नमुना परीक्षणमध्ये दुई हजार ३२१ पीसीआर परीक्षण र एन्टीजेन परीक्षणबाट ७५४ जनामा संक्रमण पाइएको हो ।
यस्तै यसै अवधिमा निको हुनेको संख्या दुई हजार १२६ छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ ।
२४ घण्टामा थपिएका संक्रमितमध्ये काठमाडाैंका ६३९ जना, ललितपुरका र भक्तपुरका १०१ जना हुन् ।