नेपाल बङ्गलादेश बैंककोे ९औं विस्तारित सेवा केन्द्र संचालनमा |
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गे पाटनमा आफ्नो ९औँ विस्तारित सेवा केन्द्र संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरे ।
पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तीय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
उक्त बिस्तारित सेवा केन्द पोखरा विश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक पनि लाभान्वित हुने बिश्वास लिएको बैंकले जनाएको छ ।


