डिजिटल साक्षरताका लागि इश्वर मन्दिर विद्यालयलाई इसेवा मनि ट्रान्सफरको सहयोग |
काठमाडौं । इसेवा मनि ट्रान्सफरले भोजपुरको इश्वर मन्दिर विद्यालयलाई डिजिटल साक्षरताका लागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।
डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट ग्रुपका प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्युरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलईडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरे ।
हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमाआधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्तबनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


