युनाइटेड मोदीको नाफा ६ करोड ४२ लाख रुपैयाँ |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा युनाइटेड मोदी हाइड्रोपावरले ६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ४.२८% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा यसले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन आम्दानी भने घटेको छ ।
अघिल्लो वर्ष ३० करोड ११ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी गत वर्ष २८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७२ पैसा छ । चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ र जगेडा कोषमा ७ करोड ७३ लाख रुपैयाँ छ ।


