तेस्रो वार्षिकोत्सव मनाउँदै निमा एकेडेमी |
काठमाडौं । निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ l सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले नेपालको शिक्षालाई डिजिटाइज गर्ने काम गरिरहेको छ ।
आफ्नो वार्षिकोत्सवको अवसरमा निमा एकेडेमीले कार्यक्रम आयोजना गरेको थियो l शनिबार आफ्ना कर्मचारीहरुलाई आफ्नो योगदानको लागि स-धन्यवाद स्वरूप उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको थियो l
यी तीन बर्षमा निमा एकेडेमीले शिक्षा क्षेत्रमा धेरै फड्को मारी सकेको छ l शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्दै त्यसमा डिजिटल छाप छोड्न निमाएकेडेमी धेरै हद सम्म सफल भएको छ l
सुरुमा ई-शिक्षा प्रणालीको बारेमा केहि नबुझ्नेले पनि अहिले अनलाइन कक्षा र ई-शिक्षाको बारेमा राम्रोसंग बुझेका छन् l कोरोना महामारीको कारण ई-शिक्षाको महत्व झन् बढी चुलिएको छ l निमा एकेडेमीमा अहिले १५० भन्दा धेरै विद्यालयहरु जोडिएका छन् l
हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु पाइन्छ र आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ । साथै निमाएकेडेमीले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामग्री तथा कोर्सहरु पनि आफ्नो वेबसाइट र एपमा निशुल्क उपलब्ध गराएको छ l


