कान्तिपुर अस्पतालमा महालक्ष्मी विकास बैंकका ग्राहकले पाउनेछन् विशेष छुट सुविधा |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट मिल्नेछ ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, आईसीयू, एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज/क्याबिन, इन्भेस्टिगेसनमा पनि १५% छुट पाउनेछन् ।
सम्झौतामा अस्पतालका कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरी र बैंकका बानेश्वर शाखा प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन् ।


