पोखरा फाइनान्सको नाफा ७४ प्रतिशतले बढ्यो |
काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७४ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सर्वजानिक गरेको छ।
गत अर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले १२ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ७४.०५ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा फाइनान्सले ७ करोड ३० लाख रुपैयाँ कमाएको थियो।
फाइनान्सको वितरणयोग्य नाफा समेत ३५८ प्रतिशतले बढेको छ। गत वर्ष फाइनान्सले शेयरधनीलाई बाँड्न मिल्ने ९ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ।
फाइनान्सको निक्षेप १९ प्रतिशतले बढेको छ भने कर्जा २ प्रतिशतले घटेको छ। उसको प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ।


