काठमाडौं उपत्यकामा थपिए १,१८६ जना कोरोना संक्रमित |
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,१८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

