प्रचण्डलाई १९ करोड रुपैयाँ बुझाएर प्राधिरकणमा आउन खोज्दै कुलमान |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका परियोजाबाट धमाधम पैसा उठाइरहेका कुनमान घिसिङले एमडी बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई १९ करोड रुपैयाँ पैसा बुझाएको खुलेको छ ।
प्राधिकरणअन्तर्गत सञ्चालित परियोजनाबाट एक महिना अघिबाट उनले घुस चाहियो भन्दै पैसा उठाइरहेका थिए । घिसिङ कार्यकारी निर्देशक हुँदाताका आयोजनाबाट घुसबापत धेरै रकम उठाउन बाँकी छ ।
उनको कार्यकाल पूरा भएपछि कुनै पनि परियोजनाले पैसा बुझाएका छैनन् । अहिले उनले ठेकेदारलाई धमाधम धम्क्याएर पैसा असुली गरेर प्रचण्डलाई बुझाएर कार्यकारी निर्देशक बन्न लागेका हुन् ।
उनी कार्यकारी निर्देशक हुँदा पनि उद्योगीसँग ट्रंक तथा डेडिकेटेड लाइनबापत अतिरिक्त शुल्क नपाउने र त्यसबापत उद्योगीसँग घिसिङले १ अर्ब रुपैयाँ मागेका थिए । तर, उद्योगीले एक अर्ब रुपैयाँ ठूलो रकम भएको र आफूहरु दिन नसक्ने बताए पछि पूरानो बाँकी भन्दै धमाधम बिल पठाएका थिए ।
घिसिङले आफ्ना सुसुरालाई उद्योगीसँग बार्गेनिङ गर्न अन्नपूर्णको कफी सपमा पठाएका थिए । त्यहाँ १ अर्बको डिल भङ्ग भए पछि टंक र डेडिकेटेडलाई अनावश्यक विवादमा तानिएको उद्योगीहरुले बताएका छन् ।
प्राधिकरणलाई स्वच्छ र काबिल संस्था बनाउने प्रण गरेर एमडीको रुपमा भित्रिएका हितेन्द्रदेव शाक्यलाई हटाउन घिसिङले निकै तिकडम गरिरहेका छन् । ‘हितेन्द्रले जुन खालको नेतृत्व सम्हालिरहनुभएको छ, उहाँले त्यहाँको जनशक्तिलाई एक ढिक्का बनाएर हिँडिरहनुभएको छ । हठात्, मन्त्रीज्यूले हितेन्द्रजीलाई मार्ग प्रशस्त गर्न भन्नु, कुलमानजीलाई ल्याउन प्रस्ताव गर्नु र कुलमानजी दौडधुप गर्नुले प्राधिकरणमा एक ढिक्का भएको जनशक्तिलाई विभाजित गर्ने काम गरिएको छ,’ उर्जामन्त्रालय स्रोतले भन्यो ।
अहिले पनि प्राधिकरणका अधिकांश कर्मचारीहरु हितेन्द्रलाई यसरी गैरकानुनी रूपमा हटाउन हुन्न भन्ने पक्षमा छन् । तर, घिसिङले प्रचण्डलाई मोटो रकम बुझाए पछि उनलाई ल्याउन दबाब सिर्जना भइरहेको छ ।
घिसिङलाई प्राधिकरण र उद्योगी∕व्यवसायीले एक नम्बरको घुस्याहाको संज्ञा दिइरहेका छन् । कुलमानले उनीहरुलाई पैसा मागेर धुरुक्कै रुवाएका थिए । त्यही व्यक्ति फेरी कार्यकारी निर्देशन बनेर आउन लागेपछि उनीहरुको निन्द्रा खल्बलिएको छ । घिसिङले प्राधिकरणलाई सुधार्ने भन्दा पनि प्रचण्डलाई बुझाएको पैसा उठाउन आउन लागेको प्राधिकरणभित्र चर्चा हुन थालेको छ ।

