ह्वाइट लोटस मोटर्स र कामना सेवा विकास बैंकबीच सहकार्य |
काठमाडौं । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सहकार्य गर्ने भएको छ।
बैंकले पूर्ण विद्युतीय सवारीसाधनको आयात गर्ने कम्पनीसँग सहकार्यको घोषणा गरेको हो।
बैंकले विद्युतीय ब्रान्डका स्कुटर, मोटरसाइकल, यसका पार्टपुर्जाको कारोबार गर्ने आफ्नै शोरुम र डिलर नेटवर्क स्थापना गर्नलागेको कम्पनीसँग सहकार्य गर्नलागेको जनाएको छ।
स्वच्छ र कार्बनशून्य यातायातलाई प्रवर्द्धन गर्न यस्तो सहकार्य हुनलागेको बैंकले जनाएको छ।
कम्पनीका सवारीसाधन किन्ने ग्राहकलाई ईएमआई फाइनान्सिङ सुविधा दिनेछ।


