उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने |
विराटनगर । मोरङले आर्थिक तथा औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखी यस क्षेत्रलाई चलायमान वनाउन प्रदेश सरकारसँग समन्वय गर्ने भएको छ ।
देशको आर्थिक एवं औद्योगिक विकासमा टेवा पुु¥याउदै आएको उद्योग संगठनले सञ्चालनमा ल्याउने कार्यक्रमहरूमा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री उषाकला राई, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलसँग छलफल गरेको छ ।
छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले संगठनले शुरू गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र सीप विकास इकाईको स्थापना जस्ता कार्यक्रमले प्रदेशकै गरिमा अभिवृद्धि गर्ने बताए । संगठनले सञ्चालनमा ल्याएका यी कार्यक्रमले लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने भएकाले यस्ता वहुआयामिक कार्यक्रमहरुमा सहकार्य गर्न अध्यक्ष प्याकुरेलले प्रदेश सरकारसँग आग्रह गरेका छन् । सरकार, नीजि क्षेत्रबीच समन्वय गरि सञ्चालन गरिने यस्ता कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलतामा रुपान्तरण गर्नुका साथै नया आयाम थप्ने अध्यक्ष प्याकुरेलको भनाई छ । यसले दिगो इकोसिष्टम विकास गर्न समेत हयोग पु¥याउने अध्यक्ष प्याकुरेलले वताए ।
त्यसैगरी उद्योग संगठन मोरङ, मोरंङ व्यापार संघले संयूक्त रुपमा सञ्चालन गरेको मेरो देश, मेरै उत्पादनका साथै संगठन, संघ, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयूक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तिव्रता दिन प्रदेश सरकार समक्ष अध्यक्ष प्याकुरेलले अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश को समग्र आर्थिक विकासलाई दृष्टिगत गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार रहेको बताइन । समाजका हरेक तप्काका युवाहरु वैदेशिक रोजगारीमा जान लालयित भएकाले त्यस्ता युवाहरुलाई स्वदेशमै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र नीजि क्षेत्रको दायित्व भएको भन्दै मन्त्री राईले यसका लागि उद्योग संगठनसँग सहकार्य गरेर अघि वढ्न मन्त्रालय प्रतिवद्ध रहेको बताइन ।
उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीन खम्वे अर्थतन्त्रलाई महत्व दिएको वताउँदै संगठनबाट प्रस्तुत योजनाले प्रदेश को पहिचानलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । यसका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राज्यमन्त्री ओझाले संगठनका तर्फबाट प्रस्तुत कार्ययोजनाले नीजि क्षेत्र र प्रदेश सरकारको सहअस्तित्वलाई थप मजवुत वनाउने विश्वास व्यक्त गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशिलताको ईको सिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । वर्तमान युग स्टार्टअपको युग भएकाले स्टार्टअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने धारणा उपाध्यक्ष प्याकुरेलले राखेका थिए । परम्परागत ढङ्गको सोच र अवधारणाबाट द्रुत आर्थिक विकासको लक्ष्य प्राप्त हुन नसक्ने भएकाले सोचमा परिवर्तन ल्याई दिगो आर्थिक विकासको लक्ष्य सहित कामगर्नु पर्ने सुझाव उपाध्यक्ष प्याकुरेलले दिएका छन् ।


