काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्न पाउने |
काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो ।
त्यस अनुसार उपत्यकामा अझै सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा गर्न पाउनेछैन । यस्तै शैक्षिक संस्था पनि बन्द नै रहनेछन् ।
विभिन्न निकायबाट सञ्चालन हुने परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न पाउनेछन् ।
हेर्नुहोस् निषेधाज्ञाको सूचना



