विविधता र समावेशी पुरस्कारका लागि नामांकन घोषणा |
दोहा । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएशन (आईएटीए) ले २०२१ आईएटीए विविधता र समावेशी पुरस्कारका लागि नामांकन घोषणा गरेको छ ।
इन्स्पिरेश्नल रोल मोडल अवार्ड, हाई फ्लायर अवार्ड तथा डाइभर्सिटी एण्ड इन्क्लुुजन टीम अवार्ड गरी तीन वर्गमा नामांकन खुुला गरिएको छ ।
प्रत्येक अवार्ड विजेताले कतार अवार्डद्वारा प्रायोजित २५,००० डलर प्राप्त गर्नेछन् जुुन उनीहरूले मनोनीत विविधता तथा समावेशीकरण योजनाहरूमा काम गरिरहेका कुुनै परोपकारी संघ संस्थालाई दान पनि गर्न सक्नेछन् ।


