एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फहराइयो |
काठमाडौं । एभरेस्ट बैंकले कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको छ । आज केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन् ।
सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरू श्री केशव राज पौडेल , आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रिसमकालमा माउन्ट केटू को सफलता पुर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।


