‘रोड सेफ्टी मिडिया अवार्ड २०७७’ बाट अटो नेपाल म्यागेजिन सम्मानित |
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन र नासा फाउन्डेसनद्वारा हरेक वर्ष प्रदान गरिने ‘रोड सेफ्टी मिडिया अवार्ड’ यस वर्ष अटो नेपाल म्यागेजिनले प्राप्त गर्न सफल भएको छ ।
बिगत १५ वर्ष देखि नेपालको मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाई रहेको अटो नेपाललाई सो अवार्ड प्रदान गरिएको हो ।
अटो नेपाललाई एक कार्यक्रमका बीच सो अवार्डको साथमा प्रशंशा पत्र तथा नगद ११,१११ समेत प्रदान गरिएको छ ।
छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा नासा नेपाल, नेशनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी तथा नासा फाउन्डेसन लगायतका संघ संस्थाले संचालन गरेको साप्ताहिक अभियान अन्तर्गत नै सो अवार्ड वितरण गरिएको हो ।


