वेब सिरिज ‘स्मार्ट माया’, बैंकिङ्गमा माछापुच्छ्रे बैंकको नौलो प्रयोग |
काठमाडौं । बैंकिङ्ग इतिहासमा पहिलो पटक माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड बारेको जानकारी दिन वेब सिरिज ‘स्मार्ट माया’ निर्माण गरेको छ ।
माछापुच्छ्रे बैंकले क्रेडिट कार्डको बारेमा जानकारी गराउने उद्देश्यले जनचेतनामूलक भिडियो सामाग्री (वेब सिरिज) निर्माण गरेको हो । यो सिरिज कुनै सिरियल हेरे जस्तै चाख लाग्दो छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना नयाँनयाँ प्रोडक्टलाई बजारमा नयाँ शैलीबाट पस्कने परम्परा नै बसेको छ । यहि परम्परालाई निरन्तरता दिँदै बैंकले यस्तो वेब सिरिज निर्माण गरेको जनाएको छ । बैंकले निर्माण गरेको यो सिरिजमा कोभिड–१९ ले समग्र क्षेत्रमा पारेका प्रभावसँगै कुनैपनि कारोबार गर्दा स्वास्थ्य सतर्कतालाई कसरी अवलम्बन गर्नेबारे पनि जानकारी समेटिएको छ ।


