यूनाइटेड सिमेन्टले पायो नेपालकै सर्वोत्कृष्ट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र |
काठमाडौं । यूनाइटेड सिमेन्टद्वारा उत्पादित यूनाइटेड सिमेन्ट ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ। ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो।
यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो फड्को मारेको छ। ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठूलाठूला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ।
पारिवारिक घर निर्माण सहित गगन चुम्बी महल देखि हाइड्रो पावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिन्छ। ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्ष देखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।
५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा यस उद्योग ढुक्क रहेको छ ।


