महासंघका पूर्वउपाध्यक्ष अग्रणी उद्योगी प्रधानको निधन |
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष हेम बहादुर प्रधानको निधन भएको छ । असार १३ गते आइतवारका दिन असामयिक निधन भएको हो । पूर्व उपाध्यक्ष प्रधान तत्कालिन गण्डकी अञ्चलको प्रतिनिधित्व गरी विक्रम सम्वत २०४१ सालमा महासंघमा प्रवेश गरेका थिए । विक्रम सम्वत २०४१–४४ को कार्यकालमा कार्यकारिणी समितिको सदस्य र विक्रम सम्वत २०४४–४७ कार्यकालमा महासंघको उपाध्यक्ष थिए ।
महासंघसंग प्रत्यक्षरूपमा पछि जोडिनु भएपनि बिक्रम सम्वत २०२५÷२६ देखिनै महासंघका हरेक क्रियाकलापमा उहा“ सहभागी हुंदै आउनु भएको महासंघको दस्तावेजहरूमा उल्लेख रहेको महासंघले जनाएको छ । महासंघमा विभिन्न पदमा रही सिंगो निजी क्षेत्र र मुलुकभित्र उद्योग व्यवसाय र अर्थतन्त्रको विकासमा पूर्व उपाध्यक्ष प्रधानले उल्लेख्य योगदान पु¥याउनु भएको थियो । समाजसेवमा पनि सक्रिय प्रधान महासंघको सदस्य पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र पोखराका अग्रणी उद्यमी समेत थिए ।
महासंघको संस्थागत विकास र भौतिक पूर्वाधार निर्माणमा पनि उनंको अमुल्य योगदान रहयो । आफ्नो कार्यकालमा महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरूमा भएका व्यापार भ्रमणकाक्रममा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरूमा सशक्त आवाज राख्ने गर्ने गर्थे ।
देशको अर्थतन्त्र बलियो हुन आयात प्रतिस्थापन हुने निर्यातमुलक उद्योगहरूको स्थापना हुनुपर्ने कुरामा बलियो मान्यता राख्नु हुने र चेम्बर अभियानमा समेत क्रियाशिल पूर्व उपाध्यक्ष प्रधानले आफ्नो कार्यकालमा निर्वाह गरेको भूमिकालाई समग्र निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने महासंघले शुक्रबार शोक सभामा बताएको छ ।
निजी क्षेत्रलाई उद्योग व्यवसायको विकास मार्फत राष्ट्रिय अर्थतन्त्रको विकासमा एक ढिक्का बनाउने हो भने नेपाल उद्योग वाणिज्य महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बिचार राख्नुहुने पूर्व उपाध्यक्ष प्रधानको बिचार आज पनि अत्यन्त सान्दर्भिक देखिन्छ ।
स्वर्गीय प्रधानका एक छोरा, ५ छोरीहरू छन । पूर्व उपाध्यक्ष प्रधानको निधनबाट सिंगो निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ भने महासंघले आफ्ना अग्रज गुमाएको छ । शोक सभामा महासंघका पूर्व अध्यक्ष पद्य ज्योति, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, स्वर्गीय प्रधानका छोरा रविन्द्र प्रधान, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ सहित सचिवालयका उच्च अधिकृतहरूको उपस्थिति थियो ।


