सौराह रहेको जंगल सफारी लजले ल्यायो ’पे नाउ, गो लेटर’ अफर |
काठमाडौं । चितवनको सौराहमा अवस्थित जंगल सफारी लजले पे नाउ गो लेटर अफर ल्याएको छ ।
निषेधाज्ञाकै बीचमा अहिले बुकिङ गरेर होटल खुलेपछि गएर बस्नेहरुका लागि यो अफर ल्याइएको हो ।
यही असार महिनाभित्र लिन सकिने यो अफर अन्तर्गत चार हजार रुपैयाँमा तीन रातका लागि एउटा डिलक्स रुम पाइने छ । दुईजना वयस्क र एक बालबालिका बस्न मिल्ने रुम पाइने होटलले जानकारी दिएको छ ।
असारभित्र प्याकेज लिएपछि २०७८ को चैत २८ गतेभित्र उपयोग गरिसक्नुपर्ने छ । अनलाइन माध्यमबाट प्याकेजको भुक्तानी गर्न सकिने होटलले जानकारी दिएको छ ।
प्याकेजका लागि रकम भुक्तानी गरेको एक महिनापछिमात्र होटलमा जान सकिने छ ।
यो प्याकेजमा कोठा बाहेक अरु कुनै पनि सुविधा पाइने छैन। ब्रेकफास्ट तथा डिनर भने अथिति आफैले किन्नुपर्ने छ ।


