कोभिड खोपमा समतामुलक पहुँचका लागि विश्वव्यापी अभियान |
काठमाडौं । कोभिड विरुद्धको खोपको पहिलो मात्रालागएका व्यक्तिहरुले दोस्रो मात्रा निर्धारति समयभित्र लगाउन नसकेमा के हुन्छ भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्र नै अन्योलग्रस्त देखिएको छ । राजधानीमा आज आयोजित एक पत्रकार अन्र्तक्रियामा सरुवारोग विज्ञ डा सेरबहादुर पुनले कोभिड विरुद्धको खोपको एक मात्रा लगाएका व्यक्तिहरुले १२ देखि १६ हप्ता भित्रमा अर्को डोज लगाउन विश्व स्वास्थ संगठनले निर्देश गरेपनि निर्धारीत समय भित्र दोस्रो मात्रा नभएमा के हुन्छ भन्नेमा स्पष्ट नभएको धारणा राखेका छन ।
एड्स हेल्थ केयर फाउण्डेशन नेपालले संसारभर सञ्चालन गरिरहेको भ्याक्सीनेट आवर वल्र्ड (Vaccinate our world) अभियानका वारेमा जानकारी दिने उद्धेश्यले आयोजना गरेको अन्र्तक्रियामा डा. पुनले समयमा नै खोप उपलव्ध भएको भए नेपालले अहिलेको क्षति वेर्होने अवस्था नआउने धारणा राखे । विश्वमा खोप आविश्कार भैसक्दा नेपाल जस्ता मुलुकको खोपमा पहुँच चुनौतिपुर्ण वन्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।
यसैगरी चितवनको भरतपुर अस्पतालका कन्सेल्टेन्ट फिजिसियन डा. कल्याण सापकोटाले प्राप्त खोपलाई उमेर समुहका आधारमा नभइ जोखिमका आधारमा प्रथमिकतामा राख्न सकिए कोभिड संक्रमणलाई छिटो नियन्त्रण गर्न सकिने धारणा राखे । उहाँका अनुसार फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसगैं दिर्घरोग भएका व्यक्तिहरु र अनौपचारीक क्षेत्रबाट पहिलो पंक्तिमा वसेर काम गर्ने व्यक्तिहरु यसको प्राथमिक समुह वन्नुपर्ने उनको भनाइ छ ।
राष्टिय एचआइभी तथा एड्स महासघंका अध्यक्ष राजेश दिदियाले एचआइभी संक्रमित, सुधार केन्द्रमा रहेका लागुपर्दाथ प्रयोकर्ताहरु, यौनकर्मी, तेस्रो लिंगी समुदाय अहिले पनि उच्च जोखिममा रहेको भन्दै तुरुन्त खोपको प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । सुरुवाती चरणमा एचआइभी संक्रमितलाई उपचारको पहुँचमा ल्याउन कठिन भएजस्तै अव कोभिड खोपमा पहुच अभिबृद्धी गर्नु अर्को चुनौति भएको उनको भनाइ छ ।
विश्वका धनि राष्ट्रहरुको संगठन जी सेभेनको सम्मेलन यहि हप्ता आयोजना हुदैछ । उक्त बैठकमा विश्वका सवै राष्ट्रहरुको खोपमा पहुँचको सवाललाई छलफलको विषय वनाउनुपर्नेमा अन्र्तक्रियाका सहभागीहरुले जोड दिएका छन् ।
अध्ययनहरुका अनुसार सन् २०२१ सम्ममा विश्वमा उत्पादीत खोप मध्ये ८५ प्रतिशत हिस्सा विश्वका धनि राष्ट्रहरुले ओगट्ने छन् । जवकि यी राष्ट्रहरुले विश्वको कुल जनसंख्याको १४ प्रतिशत मात्र हिस्सा ओगट्छन् । यो तथ्यले कतै खोपलाई विश्वका धनि राष्ट्रहरुले कम विकसित राष्ट्रहरुमाथि आफ्नो प्रभुत्व जमाउने हतियारका रुपमा प्रयोग त गरिरहेका छैनन् भन्ने प्रश्न उठेको छ । तर विश्वका प्रत्येक राष्ट्रका नागरिकको खोपमा पहँुच नपुगेसम्म कोभिडको जोखिमबाट कोहि सुरक्षित नहुने भन्दै खोपलाई सर्वसुलभ बनाउनुपर्ने माग एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले भ्याक्सीनेट आवर वल्र्ड (Vaccinate our world) अभियान मार्फत गरेको छ । एएचएफ एक अन्तराष्ट्रिय गैरसरकारी संस्था हो जसले विश्वका ५० भन्दा वढि मुलुकहरुमा काम गरिरहेको छ ।


