कुमारी बैंकका ग्राहकलाई टेलेउपचारमा १०% छुट |
काठमाडौं । कुमारी बैंक लिमिटेड तथा टेले उपचार डटकमका बीचमा आप्mना ग्राहकहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ ।
यस सम्झौता अन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकहरूले टेले उपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंक लिमिटेडको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकको आधिकारिक एप ‘कुमारी स्मार्ट’ वा कुमारी बैंक लिमिटेडको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरूलाई टेलिउपचार डटकमबाट १०% छुट प्रदान गरिने बैंकले जनाएको छ ।


