नागरिक लगानी कोषले लाभांश पारित गर्न साधारण सभा बोलायो |
काठमाडौं । नागरिक लगानी कोषले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।
कोष सञ्चालक समितिको जेठ २१ गते, शुक्रबार बैठकले असार १८ गते केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा अपरान्ह २ बजे २६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
गत आर्थिक वर्ष २०७६∕७७ को नाफाबाट लगानीकर्तालाई प्रस्तावित ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कोषले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार ८ गते मंगलबार शेयर बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असार ७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कोषको लाभांश प्राप्त गर्ने छ ।


