स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाए डा. कृष्ण पौडेलले |
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ ।
यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले पौडेललाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो । (रासस)


