एक साता निषेधाज्ञा थप्ने तयारी |
काठमाडौं । काठमाडौं उपत्यकामा कारोना भाइरस संक्रमण दर रोक्नको लागी थप एक हप्ता निषेधाज्ञा थपिने भएको छ ।
काठमाडौं उपत्यकामा कारोना संक्रमण नघटेको भन्दै काठमाडौंका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लम्ब्याउने भएका हुन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप कडाइका साथ निषेधाज्ञा थप्ने तयारी भएको जानकारी दिए । उनका अनुसार संक्रमण दर नघटेको र भीडभाडमेत बढ्दै गएकाले एक हप्ता थप्ने तयारी भएको हो ।
अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।
उपत्यकाको तीनै सिडिओहरुको बैठक भोलि मंगलबार बस्ने र थप कडाइ र आदेश जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा थप्ने निर्णय गर्ने पराजुलीको भनाई छ ।
अब अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, होल्डिङ गर्ने बिषयलाई थप कडाइ गरिने जनाइएको छ ।


