बैंक सञ्चालनमा कडाइ गर्दै राष्ट्र बैंक, निशेधाज्ञाभर उपत्यकामा बैंकको ६ वटा शाखा मात्रै खुल्ने |
काठमाडौं । निशेधाज्ञामा पनि कोरोना संक्रमण कम नभएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा थप कडाई गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले उपत्यकामा सिमित शाखा कार्यलय मात्रै खोलेर सेवा दिन पाउने छन् ।
केन्द्रिय बैंकले सोमबार एक निर्देशन जारी गर्दै निशेधाज्ञा अवधिभर वाणिज्य बैंकहरुले काठमाण्डौमा तीनवटा, भक्तपुरमा २ वटार र ललितपुरमा एउटा गरी उपत्यकामा जम्मा ६ वटा मात्र शाखा कार्यलय खोल्न पाउने व्यवस्था गरेको छ ।
त्यस्तै विकास बैंकहरुले पनि काठमाण्डौमा दुई, भक्तपुरमा एक र ललितपुरमा एउटा गरी ४ वटा शाखा खोल्न पाउनेछन भने फाइनान्स कम्पनीले तीनवटै जिल्लामा एक एकवटा गरी उपत्यकामा जम्मा ३ वटा शाखा कार्यलय खोल्न पाउनेछन् ।
बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यलय भने खुल्ला रहने छन् ।


