२४ घण्टामा भारतमा ४४५५, अमेरिकामा २२८ र ब्राजिलमा ८९४ संक्रमितको मृत्यु, यस्तो छ अन्य देशको अवस्था |
भारतमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ४ हजार ४५५ जनाको मृत्यु भएको छ ।
वर्ल्डो मिटरको आँकडा अनुसार सोही अवधिमा अमेरिकामा २२८ जना र ब्राजिलमा ८९४ संक्रमितको मृत्यु भएको छ ।
यसैगरी भारतमा २४ घण्टाको अवधिमा २ लाख २२ हजार ८३५ संक्रमित थपिएका छन् भने ३ लाख २ हजार ३९६ जना निको भएका छन् ।
अमेरिकामा २४ घण्टामा १३ हजार ६३२ संक्रमित थपिएका छन् भने ३१ हजार १३ संक्रमित निको भएका छन् । त्यस्तै, ब्राजिलमा ३६ हजार १३४ जनामा संक्रमण पुष्टी भएको छ भने २९ हजार ७३५ जना निको भएका छन् ।
फ्रान्समा २४ घण्टामा ९ हजार ७०४ जनामा संक्रमण पुष्टी भएको छ भने ७० जनाको मृत्यु भएको छ ।


