न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको दर्ता सुरु, शृंखला खतिवडा प्रशिक्षक हुने |

काठमाडौं । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ मा हुने भएको छ । गत वर्ष २०२० मा कोरोना महामारीका कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।
उक्त प्रतियोगिताको नारा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुको लागि आवेदन खुल्ला गरिएको छ । आवेदन पत्र दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ सम्म राखिएको छ ।
बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि विजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । साथै अन्य थप जानकारी चरणवद्ध रुपमा अध्यावधिक गरिने आयोजकले जनाएको छ ।
सन् २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ (उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ ) मा न्यूयोर्ककी श्रेया गजुरेल विजयी भएकी थिइन् ।
यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड -२०१८ कि (पूर्व नेपाल सुन्दरी ) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन्।