चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण |
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण गरेको छ ।
शैक्षिक सत्र २०७७∕७८ का लागि चिकित्सा शिक्षा अध्ययनका लागि आयोगले नयाँ शुल्क कायम गरेको जनाएको छ । जसअनुसार अब एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ भने उपत्यकाबाहिरका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकिएको छ ।
यस्तै आयोगले बीडीएस अध्ययनका लागि २० लाख १९ हजार ५८० रुपैयाँ शुल्क कायम गरेको छ ।


