स्वस्थ रहन उपयोगी ड्राइफ्रुट |
ड्राइफ्रुटमा हुने उच्च क्यालोरी एवम् चिल्लोपदार्थ स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । वर्षौंदेखि औषधिका रूपमा हुँदै समेत यसको उपयोग हुँदै आएको पाइन्छ । यसले शारीरिक विकासका साथै विभिन्न खालका रोगसँग लड्न सक्ने क्षमता पनि शरीरलाई प्रदान गर्छ । विशेषज्ञका अनुसार ड्राइफ्रुट्ले कोलेष्ट्रोल नियन्त्रण गर्छ । एक अध्ययनअनुसार हप्तामा पाँचपटक ड्राइफ्रुट् सेवन गर्ने मानिसमा मुटुको समस्या ५० प्रतिशत कमी आउँछ । मधुमेहका साथै क्यान्सरविरुद्ध शारीरिक क्षमता बढाउन पनि यसको सेवन गरिन्छ ।
काजु
- काजुमा ओलिक एसिड हुन्छ, जुन मुटुका लागि लाभदायक हुन्छ ।
- यसमा ७५ प्रतिशत अनस्याचुरेटेड फ्याटी एसिड हुन्छ । मुटुलाई स्वस्थ राख्न सहयोग यसले पु¥याउँछ ।
- दैनिक काजु सेवन गर्दा हड्डी बलियो हुन्छ ।
- यसमा भएको म्याग्नेसियम र कपरले हड्डीलाई बलियो बनाउँछ ।
- यसमा पाइने कपर तथा आइरन हड्डी र त्यसमा जोडिने तन्तुको विकासमा सहयोगी मानिन्छन् ।
- काजुको दैनिक सेवनले फ्री रेडिकल्स टाढा राख्न तथा मेलानिन निर्माण गर्न सहयोग गर्छ ।
- पित्तथैलीमा हुने पत्थरीको खतराबाट बच्न काजु सेवन उपयुक्त हुन्छ ।
किसमिस
- किसमिसलाई आइरनको भरपर्दाे स्रोत मानिन्छ । यो रक्तअल्पता एवम् कब्जियत हटाउन सहयोगी हुन्छ ।
- यसमा भएको ओलोनोटिक एसिडले दाँत र गिजालाई रोगबाट बचाउँछ ।
- किसमिस फाइबरको राम्रो स्रोत हो । यसले कोलेष्ट्रोल कम गर्न सहयोग गर्छ ।
- यसमा भएको क्याल्सियम हड्डी बलियो बनाउन सहयोग हुन्छ ।
- मधुमेहका बिरामीले डाक्टरको सल्लाह लिएर मात्र यसको सेवन गर्नुपर्छ ।
- कुनै पनि रोगको उपचारपछि आराम अवधिमा यसको सेवन लाभप्रद हुन्छ ।
पिस्ता
- पिस्ताले कोरोनरी आर्टरी रोग र हार्टअटेकबाट बचाउँछ । यो सन्तुलित रक्त सञ्चालनका लागि समेत सहयोगी मानिन्छ ।
- यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउनुका साथै स्नायुक्रियालाई सन्तुलित राख्छ ।
- पिस्तामा भएको आइरनले हेमोग्लोबिन निर्माण गर्न सहयोग गर्छ ।
- यसमा प्रोटिन, फ्याट र फाइबर बढी मात्रामा पाइन्छ ।
- पिस्तामा भएको फाइबरले रगतमा सुगरको स्तरलाई नियन्त्रण गर्छ ।
- पिस्तामा एण्टी अक्सिडेण्ट बढी मात्रामा हुन्छ । यसले तनाव कम गराउँछ । साथै, यसमा भएको भिटामिन र खनिजपदार्थ आखाँका लागि लाभदायक मानिन्छ ।
बदाम
- बदाममा आइरन, कपर, फोस्फोरस र भिटामिन बी–१ हुन्छ । यी तत्व नयाँ रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोगी हुन्छन् । यो शारीरिक अङ्गको सञ्चालनमा समेत यो उपयोगी हुन्छ ।
- यसमा भएको क्याल्सियम तथा म्याग्नेसियमले हड्डी बलियो बनाउँछ ।
- यो मुटुको मांसपेशीका लागि लाभदायक मानिन्छ ।
- बदाममा भिटामिन–ई रहेको हुन्छ । यसलाई फेस प्याकका रूपमा लगाउँदा छाला नरम तथा मुलायम हुनुका साथै डण्डिफोर, चाउरी तथा सुख्खापन पनि हट्छ ।
- यसमा भएको सेलेनियमले बुढ्यौली हुने गतिमा केही कमी ल्याउँछ ।
- गर्भवती महिलाले बदाम सेवन गर्दा गर्भस्थ शिशुमा जन्मविकारको कुनै पनि खतरा हुँदैन ।
- बदामको नियमित सेवनले ब्लड प्रेसर नियन्त्रण गर्छ ।
- हाई ब्लड सुगर नियन्त्रण गर्न पनि यो उपयुŒाm मानिन्छ ।
- लो क्यालोरी भएका खानाको साथमा सेवन गर्दा यसले वजन कम गर्न सघाउ पु¥याउँछ ।
- बदाम क्यान्सरको रोकथामका लागि पनि उपयुŒाm मानिन्छ ।
- बदामलाई सेवन गर्नुअघि भिजाउनुपर्छ, जसले गर्दा यो सजिलै पच्छ ।
ओखर
- ड्ड ओमेगा–३ एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो । त्यसैले, यो मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिममा एवम् सोराइसिस हटाउन लाभदायक हुन्छ ।
- ओखरमा हुने इलेनिक एसिड एण्टी अक्सिडेण्ट हो । यसले रोग प्रतिरोधक क्षमता सबल बनाउँछ । यसमा भएको क्यान्सररोधक गुणले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
- पित्तथैलीको पत्थरी हटाउन ओखर लाभदायक हुन्छ ।
- ओखरमा हुने मेलाटोनिन तत्व प्रभावशाली एण्टी अक्सिडेण्ट हो, जुन निद्रा लगाउन सहयोगी हुन्छ ।
- ओखर प्रोटिन, फाइबर, आइरन, म्याग्नेसियम, फोस्फोरस एवम् कपरको उचित स्रोत हो ।
- नियमित रूपमा ओखर सेवन गर्नाले अल्जाइमरबाट बच्न सकिन्छ ।
Visited 1 times, 1 visit(s) today


