कतार प्रवेशका लागि ६ देशका यात्रुहरूलाई नयाँ मापदण्ड |
दोहा । कतार राज्यले ६ देशहरू बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, र श्रीलंकाबाट आएका यात्रुहरूलाई प्रवेशका लागि नयाँ मापदण्ड तोकेको छ ।
जसअन्तर्गत यी देशहरूका यात्रीहरूले १० दिनको अनिवार्य क्वारेन्टाइन बस्नु पर्नेछ ।
तत्कालको यस मापदण्डका कारण डिस्कभर कतारले सबै देशका ग्राहकहरूको अप्रिल २९ देखिका होटल बुकिङ रद्द गर्नुपर्नेछ र बुकिङ भएका सबैले पुनः बुकिङ गर्नु पर्नेछ ।
कम्पनीले रद्द भएका सबै बुकिङको पूरा रकम फिर्ता गर्दै पुष्टिका लागि ईमेल गर्नेछ जसमा देश अनुसारका ग्राहकलाई पुनः बुकिङको प्रक्रियाबारे जानकारी पनि गराउने छ ।


