नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने, स्वाप रेशियो कति? |
काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई आफुमा गाभ्ने भएको छ। शुक्रबार दुई संस्थावीच आपसमा गाभ्ने तथा गाभिने सम्झैतामा हस्ताक्षर भएको हो ।
शुक्रबार नविल बैंकको कार्यलयमा आयोजित एक कार्यक्रमा दुई संस्थाविच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नविल बैंकको ३५ कित्ता शेयर स्वाप रेशियो कायम हुनेगरी मर्जर तथा एक्वीजिसन सम्झैता भएको हो ।
युनाइटेड फाइनान्ससँग एक्वीजिशन भएपनि नबिलसँग मर्जरको चर्चामा रहेका नेपाल बंगलादेश बैंक र एनसीसीको मर्जर भने प्रकृया मै रहेको बताइएको छ । छलफल सकारात्मक तरीकाले अघि बढेको बुझिएको छ ।


