प्राइम कमर्शियल बैंकको वितरणयोग्य नाफा २ अर्ब माथि |
काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा उल्लेख्य बृद्धि गरेको छ। बैंकको आम्दानी बढेसँगै यसको नाफामा पनि सुधार देखिएको हो।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३८.७६ प्रतिशतले धेरै हो।
बैंकको खुद ब्याज आदानी र अन्य सञ्चालन आम्दानीमा सुधार हुँदा उसको खुद नाफा बढेको छ। त्यस्तै सम्भावित जोखिमबापत गत वर्षभन्दा कम रकम छुट्याउदा पनि बैंकको नाफामा बृद्धि देखिएको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड पुगेको छ भने सञ्चालन नाफा पनि ३९.२८ प्रतिशतले बढेको छ।
हाल १६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।
बैंकले खराब कर्जामा पनि सुधार गर्दै ०.८६ प्रतिशतमा झरेको छ।


