नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जामा सुधार, खुद ब्याज आम्दानी भने ऋणात्मक |
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको खुद घाटा थप बढेको छ । बैंकले सार्वजानिक गरेको तेस्रो त्रैमासमको वित्तीय विवरणमा बैंकको घाटा थप बढेको देखिएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा १० लाख रुपैयाँ खुद घाटामा रहेको बैंक चालु आर्थिक वर्षको सोहि अवधिमा ५२ लाख रुपैयाँले घाटामा रहेको देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानी समेत ७ लाख रुपैयाँले नकारात्मक रहेको छ । गत आर्थिक वर्ष बैंकले यसै अवधिमा १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन घाटा समेत थप बढेर ५७ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँले ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ भने ३६ रुपैयाँ रहेको छ ।
बैंकले खराब कर्जामा सुधार गरेको भए पनि अन्य सूचकमा भने खासै सुधार गर्न सकेको छैन ।


