कोरोनाबाट थप १८ जनाको मृत्यु |
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।


