२३९ बालबालिकासहित एकैदिन २४२८ जना कोरोना संक्रमित थपिए, पाँचजनाको मृत्यू |
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्माो २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै ९ वर्षमुनिका ५१ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १८८ गरी २३९ बालबालिका कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन् ।


