नेदरल्याण्ड्सलाई हराउँदै नेपालको शानदार जित |
काठमाडौं । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले शानदार जित हात पारेको छ । कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।
टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाउन सफल भएको थियो ।
डेब्यु गरिरहेका कुशल र आसिफले पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पुरा गरेको हो । यस साझेदारीलाई ट्वान्टी २० मा नेपालको सबैभन्दा ठूलो साझेदारी रुपमा लिइएको छ ।


