नबिल स्मार्ट बैंक एपमा कार्ड इन्ट्रिगेसन सेवा |
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले ‘नबिल स्मार्ट बैंक एपमा कार्ड इन्टरयाक्सन’ सुविधाको सुरुवात गरेको छ ।
यस सुविधा अन्तर्गत अब बैंकका ग्राहकले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियतारनिष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एपद्वारानै गर्न सक्नेछन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ ।


